२२ जेठ २०८३, शुक्रबार

एमसीसीविरोधी झिल्को राँको बनेको छ, डढेलोले दलाललाई समाप्त गर्नेछ- सीपी गजुरेल

फागुन २०, २०७८
एमसीसीविरोधी झिल्को राँको बनेको छ, डढेलोले दलाललाई समाप्त गर्नेछ- सीपी गजुरेल

देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) विरोधी आन्दोलनको झिल्को राँकोमा बदलिएको दाबी गरेका छन् । 

एमसीसी विरोधी आन्दोलनले राष्ट्रिय स्वाधीनताको आन्दोलनको स्वरुप धारण गरेको उनले बताए । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गजुरेलले एमसीसी पारित गर्ने संसदको औचित्य समाप्त भएको बताएका हुन् । 

‘एमसीसी विरोधी आन्दोलन हिजो झिल्को मात्र थियो अहिले राँको बनेर आएका छौं, यो डढेलो लाग्यो भने साम्राज्यवादका दलाललाई समाप्त पार्नेछ,’ गजुरेलले भने, ‘एमसीसी जुन रुपमा पारित भएको छ, संसदको भूमिकाको बारेमा प्रश्न उठेको छ । राष्ट्रघात हुन नदिनुपर्ने संसद् राष्ट्रघातमा लागेको छ ।’

गजुरेलले एमसीसी पारित गर्ने मामिलामा सत्तापक्ष र प्रतिपक्षको घाँटी जोडिएको आरोप लगाए । ‘केपी ओलीले सरकारमा रहँदा पटक–पटक प्रस्ताव गरेका थिए, अहिले शेरबहादुर देउवा सत्तामा छन्, ओली विपक्षमा छन् । एमसीसीमा उनीहरूको भाका मिलेको छ,’ गजुरेलले भने ।

एमसीसी पारित गर्ने मामिलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको भूमिका ‘कम्बल ओढेर घ्यू खाने’ नेपाली उखानसँग मिल्दोजुल्दो भएको टिप्पणी गरे । 

salt training

कमेन्ट गर्नुहोस्