×

NMB BANK
NIC ASIA

एमसीसीविरोधी झिल्को राँको बनेको छ, डढेलोले दलाललाई समाप्त गर्नेछ- सीपी गजुरेल

फागुन २०, २०७८

NTC
Premier Steels

देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) विरोधी आन्दोलनको झिल्को राँकोमा बदलिएको दाबी गरेका छन् । 

Muktinath Bank

एमसीसी विरोधी आन्दोलनले राष्ट्रिय स्वाधीनताको आन्दोलनको स्वरुप धारण गरेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गजुरेलले एमसीसी पारित गर्ने संसदको औचित्य समाप्त भएको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘एमसीसी विरोधी आन्दोलन हिजो झिल्को मात्र थियो अहिले राँको बनेर आएका छौं, यो डढेलो लाग्यो भने साम्राज्यवादका दलाललाई समाप्त पार्नेछ,’ गजुरेलले भने, ‘एमसीसी जुन रुपमा पारित भएको छ, संसदको भूमिकाको बारेमा प्रश्न उठेको छ । राष्ट्रघात हुन नदिनुपर्ने संसद् राष्ट्रघातमा लागेको छ ।’

Vianet communication

गजुरेलले एमसीसी पारित गर्ने मामिलामा सत्तापक्ष र प्रतिपक्षको घाँटी जोडिएको आरोप लगाए । ‘केपी ओलीले सरकारमा रहँदा पटक–पटक प्रस्ताव गरेका थिए, अहिले शेरबहादुर देउवा सत्तामा छन्, ओली विपक्षमा छन् । एमसीसीमा उनीहरूको भाका मिलेको छ,’ गजुरेलले भने ।

एमसीसी पारित गर्ने मामिलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको भूमिका ‘कम्बल ओढेर घ्यू खाने’ नेपाली उखानसँग मिल्दोजुल्दो भएको टिप्पणी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x