२९ जेठ २०८३, शुक्रबार

प्रचण्डले शिर लतारेर एमसीसीमा अमेरिकासामु आत्मसमर्पण गरे- विप्लव

फागुन २०, २०७८
प्रचण्डले शिर लतारेर एमसीसीमा अमेरिकासामु आत्मसमर्पण गरे- विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पारित गर्ने बेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिर लतारेर आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै विप्लवले केही मन्त्री र सांसदको पद जोगाउने नाममा प्रचण्ड र माधव नेपालले आत्मसपर्मण गरेको आरोप लगाएका हुन् । 

‘कम्युनिस्टको नाममा खोल ओढेका अर्बपतिका कारण एमसीसी पारित हुने अवस्था आयो । फागुन १५ गतेको निर्णयमा केपी ओलीले संसद्मा रोष्टम घेराउको नाममा एमसीसी पारित गर्न भूमिका खेले,’ विप्लवले भने, ‘प्रचण्ड र माधव नेपालले शिर लतारेर आत्मसमर्पण गरेका छन् । अमेरिकी साम्राज्यवादको फोनका भरमा लाहछाप लगाएका छन् ।’ 

प्रचण्डले एमसीसी अनुमोदन गरेर देशलाई दुर्घटनाबाट बचाएको दाबी गरे पनि देश दुर्घटनामा पारेको आरोप लगाए । ‘एमसीसी पास गरेर देशलाई दुर्घटनाबाट बचायौँ भनेर जनतालाई भ्रमित गर्ने ? देउवा, प्रचण्ड र माधव नेपालले देशलाई ठूलो दुर्घटनामा पारेका छन्,’ विप्लवले भने, ‘तर त्यो लागू हुन दिइने छैन, संसदबाट पारित गरिएको घोषणा अवैधानिक गैरकानूनी छ । नेपालको सेना र प्रहरीले बुझ्नुपर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्