
धेरै जनालाई उपरखुट्टी हालेर बस्न आरामदायक लाग्छ । तर धेरैपटक र लामो समयसम्म उपरखुट्टी हालेर बस्यो भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
उपरखुट्टी हालेर बस्दा शरीर आफ्नो प्राकृतिक पोजिसन (अवस्थिति)मा हुँदैन । जसकारण स्वास्थ्यसँग जोडिएका कयौं समस्या निम्तिन सक्छन् ।
उपरखुट्टी हालेर बस्दा खुट्टाका नसा दबिन जान्छ । यस्तो भयो भने रक्तसञ्चार राम्रोसँग हुन सक्दैन । रक्तसञ्चार राम्ररी नहुनुको असर मुटुमा पनि पर्न सक्छ ।
उपरखुट्टी हालेर बस्दा मुटुबाट आएको रगत पुनः त्यतै फर्किने खतरा हुन्छ । साथै खुट्टाका नसा तथा तन्तुहरुमा पनि यसको नराम्रो प्रभाव पर्न जान्छ । घुँडालाई खुट्टासँग क्रस गरेर बस्दा पेरोनोल नसामा दवाव पर्न जान्छ । पेरोनोल खुटाको प्रमुख नसा हो । जो घुँडाको बीच र खुट्टाको बाहिर भएर जान्छ ।
घुँडा र खुट्टा क्रस गरेर बस्दा घुँडा माथिको भागमा दवाव पर्न जान्छ । जसकारण अस्थायी रुपमा प्यारालाइसिस (पक्षघात) हुन पुग्छ ।
अर्थोपेडिक सर्जनका अनुसार उपरखुट्टी हालेर बस्दा पीठ्यूँ र ढाडमा दुख्ने समस्या हुन सक्छ । उपरखुट्टी हालेर बस्दा पेल्विक बोनको रोटेशन प्रभावित हुन जान्छ ।
चिकित्सकहरुका अनुसार उपरखुट्टी हालेर बस्दा अस्थायी रुपमा ब्लड प्रेसर समेत बढ्न जान्छ । यस्तो अवस्थामा खुट्टाको रगत मुटुमा पुग्न सक्छ । जो साह्रै खतरानाक हुन्छ ।