२४ जेठ २०८३, आइतबार

युक्रेनको राष्ट्रपति भवनमा रकेट हमला भएको आरोप, जेलेन्स्कीले भने – निशाना चुक्यो

फागुन २१, २०७८
युक्रेनको राष्ट्रपति भवनमा रकेट हमला भएको आरोप, जेलेन्स्कीले भने – निशाना चुक्यो

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले राष्ट्रपति कार्यालयमा रकेट हमला भएको आरोप लगाएका छन् ।

रुसी सेनाले सैन्य कारवाही गरेपछि युद्ध निम्तिएको युक्रेनमा राष्ट्रपति जेलेन्स्कीको हत्या गर्न रकेट हमला भएको दाबी गरिएको छ ।

राष्ट्रपति भवन वरिपरि रकेटका टुक्रा भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रकेट हमलापछि प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले निशाना चुकेको बताएका छन् ।

रुसले भने कुनै रकेट हमला नगरिएको दाबी गरेको छ । युद्ध शुरू भएको १०औं दिनसम्म रुसले युक्रेनका विभिन्न शहरमा कब्जा गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्