०१ असार २०८३, सोमबार

महिनावारी हुँदा विद्यालय जान देवताले दिए अनुमति !

फागुन २१, २०७८
महिनावारी हुँदा विद्यालय जान देवताले दिए अनुमति !
प्रतिकात्मक तस्वीर

बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ । 

शुक्रवार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गङ्गा रावलले बताए ।
 
उनका अनुसार कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा र शिक्षिकालाई विद्यालयमा जान दिन पाउने गरी गरी समस्या समाधान गरिएको पुजारी रावलले जानकारी दिए ।

वर्षांैदेखि महिनावारी हुने शिक्षिकाले ५ दिनसम्म विद्यालय नजाने गर्दै आएका थिए । कु–प्रथाका रूपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम ल्याएको थियो । 

कार्यक्रमअनुसार वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी थाल्नाका साथै शैक्षिक संस्थामा समेत शिक्षिकाले छाउ भएका बेला विद्यालय जान नपाउने समस्या समाधान गरिएकोे वडाध्यक्ष रावलले बताए ।

पटक–पटक विभिन्न सञ्चारमाध्यममा छाउ हुँदा शिक्षिका ५ दिनसम्म विद्यालय जादैनन् भन्ने समाचार आएपछि वडाले गाउँका बुद्धिजीवी, ज्येष्ठ नागरिक र कैलाश लगायतका धामीसँग परामर्श गरी हेराउँदा अबदेखि विद्यालय जान दिने गरी देवता खुशी भएका पुजारी रावलको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्