
पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार शुक्रवार राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो ।
ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो ।
घटनाबारे थप अनुसन्धान शुरू गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।