०८ असार २०८३, सोमबार

काठमाडौं महानगरपालिकाको अपिल- सम्पदा पुनर्निर्माण कहीँ छुटेको भए जानकारी गराउनू

फागुन २१, २०७८
काठमाडौं महानगरपालिकाको अपिल- सम्पदा पुनर्निर्माण कहीँ छुटेको भए जानकारी गराउनू

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरवासीलाई अपिल गरेका हुन् । 

शनिवार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरूको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए । 

उनले चुनावमा आफूहरूले गरेको प्रतिबद्धताअनुसार नै सम्पदाहरूको पुनर्निर्माणको कामले गति लिएको दाबीसमेत गरे । 

महानगरपालिकाले पुरातात्विक महत्त्वका सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाइ थियो ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर टू नगर साझेदारी कार्यक्रमअन्तर्गत अन्य नगरपालिकाहरूको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्