२२ जेठ २०८३, शुक्रबार

युवा मानवअधिकारकर्मी घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड

फागुन २१, २०७८
युवा मानवअधिकारकर्मी घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड

अन्तर्राष्ट्रियस्तरको ‘गान्धी नोबेल पिस अवार्ड–२०२२’ नेपालका यूवा मानवअधिकारकर्मी एवम् अधिवक्ता गणेश प्रसाद घिमिरेले प्राप्त गरेका छन् । शनिबार आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपालले आफनो आधिकारिक वेभसाइट, फेसबुक र इमेलबाट यसबारे जानकारी दिएको छ । अंहिसाको माध्यमबाट मानवअधिकार, शान्ति, सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पु-याएकोमा विश्वभरका व्यक्तिहरुलाई दिइने यो बार्षिक पुरस्कार हो । 

बेलायतको विश्व हिन्दु केन्द्र, साउथ हल, लण्डनमा यही जुन ३ तारिखका दिन भव्य समारोहको बीच यो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । विश्वभरबाट १०४ जनालाई यो पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. लाल बहादुर रानाले जानकारी दिए । 

अधिवक्ता घिमिरे मानवअधिकार तथा सामाजिक न्याय, सञ्चार र शान्तिका क्षेत्रमा विगत २ दशकदेखि क्रियाशील रहँदै आएका छन् ।  सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीबाट दैनिक चरम मानवअधिकार उल्लंघन हुँदा देशमा स्थायी शान्ति, सबै नागरिकको जीवनरक्षा र मानवअधिकारको मूल्यमान्यताअनुसार सबैले बाँच्न पाउने अधिकार स्थापित होस् भन्ने उद्देश्यले विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले वि.सं. २०६१ सालमा स्थापना गरेको मानवअधिकार पत्रकार संघ (हुर्जा) को संस्थापक कोषाध्यक्ष र पछि २ कार्यकाल (६ वर्षसम्म) संस्थाको महासचिव भएर पनि कार्य गरेको उनी अनुभव रहेको छ । यस्तै उनले इमेज च्यानल टेलिभिजन र बेलायतबाट प्रसारण हुने नेपाली टेलिभिजनमा लामो समयसम्म आबद्ध भएर काम गरेका छन् । 

एम्नेष्टी इन्टरनेशनल नेपाल शाखा समूह ३ काठमाडौंका पूर्व संयोजक उनी हाल एम्नेष्टी इन्टरनेशनल नेपालको आप्रवासी श्रमिक सम्वन्धी राष्ट्रिय कार्य समूहका संयोजक छन् ।  घिमिरेले मानवअधिकार र स्वतन्त्र पत्रकारका रुपमा समग्र मानवअधिकारको रक्षा, सामाजिक न्याय र नेपाली जनताको मानवअधिकारको रक्षा एवं सम्मान र जीवनरक्षाका लागि एम्नेष्टीका अभियानहरूमा आफनो सक्रिय सहभागी जनाउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्