२३ जेठ २०८३, शनिबार

हरिसिद्धि नाच पशुपति आउने

फागुन २२, २०७८
हरिसिद्धि नाच पशुपति आउने

बाह्र  वर्षे  जात्राको  सन्दर्भमा पाटनको  हरिसिद्धि  नाच  आगामी  चैत  २५ गते  काठमाडौँको  पशुपति  क्षेत्रमा  आउने भएको छ ।

​कोरोना बढिरहेका कारण माघमा  आउनुपर्ने  हरिसिद्धि  पशुपति  क्षेत्र  आउन सकेको थिएन ।

पशुपतिनाथका   कोतवाल   पूर्णनारायण जोशीका  अनुसार  पशुपति  क्षेत्रमा  हरिसिद्धि जात्राको  व्यग्र  प्रतीक्षा  गरिएको  छ ।

सरकारी पूजाका रूपमा अमालकोट कचहरी र पशुपति गुठी  गोश्वारा  कार्यालयले  हरिसिद्धिको  पूजा सम्पन्न  गर्ने  गर्छन् ।

जयवागेश्वरी  तहविलका पचली नाइके विनोद वैद्यका अनुसार बिहीबार हरिसिद्धिको पर्वका लागि तयार भएको चैत्यमा प्राण प्रतिष्ठा हुँदै छ ।

दाता प्रेममाया डङ्गोलले सात लाख रुपियाँको लागतमा यो चैत्य स्थापना  गरेका हुन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्