१० असार २०८३, बुधबार

धेरै जिङ्क पाइने मकैको खेती शुरू

फागुन २२, २०७८
धेरै जिङ्क पाइने मकैको खेती शुरू
फाइल फोटो

भर्खरै  शुरू गरिएको जिङ्कयुक्त   मकै   खेतीबाट   किसानले   राम्रो   लाभ लिनसक्ने देखिएको छ ।

मानव  स्वास्थ्यका  लागि  आवश्यक  पोषक  तत्व जिङ्कको  कमीले  बर्सेनि  धेरैको  ज्यान  जाने  गरेकाले जनस्वास्थ्यलाई ध्यानमा राखेर बाँकेमा जिङ्कयुक्त मकै खेती सुरु गरिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताए ।

जिङ्क  विभिन्न  खाद्यवस्तुमा  पाइने  पोषक  तत्व हो ।  

खाद्यान्न,  गुडागुडी,  माछामासुलगायतमा  यो  तत्व पाइन्छ ।  यसले  बालबालिकाको  शारीरिक  विकास  र रोगप्रतिरोध क्षमता वृद्धि गर्न सहयोग गर्छ ।

अन्य खाद्यान्नमध्ये जिङ्कको सबैभन्दा धेरै मात्रा मकैमा  पाइन्छ ।  सामान्यतः  मकैमा  २१  प्रतिशत  जिङ्क हुने  गरेकामा  नयाँ  विकास  गरिएको  मकैको  जातमा साढे  ३१  प्रतिशत  जिङ्क  पाइएपछि  बाँकेसहितका  चार जिल्लामा  यसको  उत्पादन  सुरु  गरिएको  ढकालले बताए।

प्रयोगशालामा परीक्षण गर्दा यस्तो नतिजा पाइएपछि बाँके,  बर्दिया,  रुकुम  र  जाजरकोटमा  यो  जिङ्कयुक्त मकैको बीउ उत्पादन र वितरण गरी खेती सुरु गरिएको प्रमुख ढकालले बताए ।

बर्दियाको  मैनापोखर,  बाँकेको  बेतहनी,  रुकुमको खोलागाउँ  र  जाजरकोटको  कार्कीगाउँमा  गरी  पहिलो चरणमा १० हेक्टर जमिनमा यसको खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाँके जिल्लाको वैजनाथ, बेतहनीलगायतका क्षेत्रमा यस  वर्ष  जिङ्कयुक्त  मकैको  राम्रो  उत्पादन  भइरहेको अनुगमनबाट  देखिएको  कृषि  ज्ञान  केन्द्र  नेपालगञ्जका प्रमुख  ढकालले  बताए ।

 उनका  अनुसार  अन्य जातको  मकैभन्दा  धेरै  फल्ने,  बीउ  बनाएर  बेच्दा  नाफा हुने भएपछि यहाँका किसान पनि खुसी भएका छन् । बाँके  बेतहनीका  किसान  रामरूप  बर्माले  सिँचाइ कम  हुँदा  पनि  यो  मकै  राम्रो  फल्ने  भएकाले  किसान खुसी  भएको  बताए ।

यो  स्वास्थ्यका  लागि  निकै राम्रो हुने भएपछि माग पनि धेरै हुने उनको भनाइ छ । बर्दियाको  बारबर्दिया  नगरपालिकामा  साढे  चार बिघामा  यो  मकैको  खेती  गरिएको  छ ।  यो  मकै  रोपेको ११० दिनमा तयार हुन्छ । गोरखापत्र दैनिकमा सिरज खानले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्