०५ साउन २०८३, मंगलबार

माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै, यी एजेण्डामा हुनेछन् छलफल

फागुन २२, २०७८
माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै, यी एजेण्डामा हुनेछन् छलफल

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ । शुक्रबार अध्यक्ष प्रच्ण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेपछि स्थगित भएको बैठक आइतबार फेरि राष्ट्रिय सभागृहमा बिहान ११ बजे बस्न लागेको हो । 
पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गरेका थिए । यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो । 

पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्थानीय चुनाव लगायतका विषयमा ब्रिफिङ गरेका थिए । 

आइतबारको बैठकमा संगठनात्मक विषयमाथि छलफल हुनेछ । जसअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र  पदाधिकारी चयनबारे छलफल हुनेछ । 
यस्तै कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषयमाथि पनि छलफल हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्