२४ जेठ २०८३, आइतबार

४६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद आजबाट खुल्दै, कहिलेसम्म दिने आवेदन ?

फागुन २२, २०७८
४६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद आजबाट खुल्दै, कहिलेसम्म दिने आवेदन ?

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज (फागुन २२ गते)देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दै छ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

salt training

कमेन्ट गर्नुहोस्