२३ जेठ २०८३, शनिबार

महाभियोग सिफारिश समितिमा ४ सांसद पठाउन एमाले राजी, लोसपाबाट मिया

फागुन २२, २०७८
महाभियोग सिफारिश समितिमा ४ सांसद पठाउन एमाले राजी, लोसपाबाट मिया
फाइल तस्वीर।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन महाभियोग सिफारिश समिति गठन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत भएको छ । एमालेले नाम पठाउने सहमति जनाएको संसद सचिवालय स्रोतले जानकारी दियो । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सिफारिश समितिमा नाम पठाउने कि भन्ने विषयमा छलफल चलिरहेको बताए । ‘सचिवालयले नाम मागेको छ, महाभियोग सिफारिश समितिमा नाम पठाउनेबारे पार्टीमा छलफल भइरहेको छ, पठाउने सम्भावना छ,’ भट्टराईले लोकान्तरसँग भने । 

कांग्रेस र माओवादी केन्द्रले संसद सचिवालयलाई नाम उपलब्ध गराइसकेका छन् । लोसपाले एकवाल मियाको नाम टिपाएको छ । आइतवार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले महाभियोग सिफारिश समिति गठनको तयारी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्