
चुम्बन वा किस प्रेम प्रकट गर्ने सबभन्दा राम्रो तरिका हो । किस गर्दा सम्बन्ध बलियो हुन्छ । तर कहिलेकाहीँ यसले स्वास्थ्यमा हानि पनि पु–याउँछ ।

खासमा किस गर्दा –याल एक व्यक्तिबाट अर्को व्यक्तिमा पुग्छ जसले किसिङ रोग लगाउन सक्छ । अर्काको जुठो खाँदा पनि यो समस्या आउन सक्छ । यसले शरीरमा एपस्टीन नामक भाइरस फैलाउँछ । यो भाइरस –यालमार्फत मानिसको शरीरमा पुग्छ । यसबाट रक्ताल्पता तथा कलेजोको समस्या आउन सक्छ ।
किसिङ रोगका लक्षणमा थकान र कमजोरीको अनुभव, लगातार ज्वरो आउने, टाउको दुख्ने, गलामा पीडा आदि पर्दछन् ।
यसबाट बच्नका लागि अर्काको जुठो नखानुस् । अनि किस गर्दा मुख सफा राख्नुस् । बच्चाहरूलाई किस नगर्नुस् किनकि उनीहरूमा छिट्टै संक्रमण हुन्छ ।
एजेन्सी