२३ असार २०८३, मंगलबार

रुसमा सत्ता परिवर्तन गर्न चाहेका छैनौं : अमेरिकी परराष्ट्रमन्त्री

फागुन २२, २०७८
रुसमा सत्ता परिवर्तन गर्न चाहेका छैनौं : अमेरिकी परराष्ट्रमन्त्री

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले मस्कोमा सत्ता परिवर्तन गराउने उद्देश्य अमेरिकाले नराखेको बताएका छन् । 

‘यो हाम्रो वशको कुरा हैन,’ उनले बीबीसीलाई बताए । ‘रुसी जनताले नै उनीहरूको नेतृत्व छान्ने हो । उनीहरूले नै आफ्नो आवश्यकता, हित र चाहनालाई नेताहरूले पूरा गरेका छन् कि छैनन् भनी निर्णय गर्ने हो । यो हाम्रो चासोको विषय हैन ।’

रुसी जनतालाई आफूले एउटा प्रश्न सोध्न चाहेको ब्लिन्केनले बताए । युक्रेनमाथि उत्तेजनाको स्थिति नआई बेफ्वाँकमा आक्रामक युद्ध गर्दा रुसी जनताको दैनन्दिनीमा सहयोग पुगिरहेको छ त भनी आफूले सोध्न चाहेको ब्लिन्केनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्