२३ असार २०८३, मंगलबार

दमौलीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

फागुन २२, २०७८
दमौलीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी
तस्वीरः रासस

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट शुरू भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । 

आज बिहान १० बजेदेखि आगलागी शुरू भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । …हामी क्षतिको विवरण संकलन गर्दैछौँ, पछि यसबारेमा जानकारी गराउँछौँ,Ú खड्काले भने । 

आगलागीबाट चार–पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो । 

साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो । 

सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पु¥याएको थियो । 

हेलिकप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्