
रूपन्देहीको मायादेवी गाउँपालिका–१ का वडाध्यक्ष पल्टु लोध एमालेमा प्रवेश गरेका छन् ।
लोधसहित कार्यपालिका सदस्य रिना चौधरीसहित विभिन्न पार्टीबाट दर्जनौँ कार्यकतालाई एमाले सचिव छविलाल विश्वकर्माले पार्टीमा स्वागत गरे । लोध राप्रपाबाट निर्वाचित भएका वडाध्यक्ष हुन् ।
एमाले सचिव विश्वकर्माले नेकपा एमालेले दक्षिणी क्षेत्रमा पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान तीव्र पारेको र मर्चवारलगायतका क्षेत्रबाट हजारौं कार्यकर्ता प्रवेश गरिरहेको दाबी गरे ।