२९ जेठ २०८३, शुक्रबार

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब

फागुन २३, २०७८
बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब

विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयाोजन गर्न सरकारलाई दबाब दिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । उनले सरकारले भाडा नबढाएमा आफैं भाडा बढाएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

व्यवसायीले इन्धनमा भएको मूल्यवृद्धिले व्यवसाय टिकाउन समेत गाह्रो भएको जनाउँदै मूल्य वृद्धिअनुसार सार्वजनिक सवारीको भाडा बढाउन पाउनुपर्ने जनाएका छन् । व्यवसायीले कोरोनाले लामो समय मारमा परेर बिस्तारै उठ्न लाग्न फेरि बढ्दो इन्धनको मूल्यले बैंकको किस्ता बुझाउन कठिन भएको बताएका छन् ।

व्यवसायीले भाडा वृद्धि गर्न माग गर्दै आए पनि सरकारले भने भाडा वृद्धि गरेको धेरै नभएको भन्दै अहिले नै हतार गर्न नहुने जनाएको छ । सरकार अहिले नै भाडा वृद्धि गर्ने पक्षमा नदेखिएपछि व्यवसायीले भने आन्दोलनको चेतावनी दिएका छन् । व्यवसायीले सरकारलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको जनाउँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रने जनाएका छन् ।

गत असारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बिदाई हुँदै गर्दा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २८ प्रतिशतसम्म भाडा बढाएका थिए ।

नेम्वाङले मन्त्रीस्तरीय निर्णय गर्दै यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेका थिए । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्