०२ असार २०८३, मंगलबार

१३२ केभीबाट विद्युत् लिन प्राधिकरणको आग्रह

फागुन २३, २०७८
१३२ केभीबाट  विद्युत् लिन प्राधिकरणको आग्रह

उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान  गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेका हुन् ।

सो औद्योगिक कोरिडोरमा सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीमा जोडिन आग्रह गरिएको छ । यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् ।

१३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ ।

उद्योगले आफ्नो परिसरमा सबस्टेसन भने आफैँले निर्माण गर्नुपर्ने हुन्छ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकाले सबस्टेसन निर्माण गर्दा पनि उद्योगीलाई सस्तो पर्ने दाबी प्राधिकरणको छ ।

प्राधिकरणले सो क्षेत्रमा पाँच वर्षभित्र दुई हजार मेगावाट विद्युत् खपत हुनेगरी पूर्वाधार बनाउन पहल थालेको बताएको छ ।

सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्