२१ जेठ २०८३, बिहीबार

लैङ्गिकमैत्री बजेट योजनाको कमी

फागुन २३, २०७८
लैङ्गिकमैत्री बजेट योजनाको कमी
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

नेपालमा लैङ्गिक समानताको चर्चा धेरै हुने गरेको भए पनि अनुभूति हुने किसिमको समानता र समतामूलक समाज निर्माण भने हुन नसकिरहेको सरोकारवालाले गुनासो गरेका छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राष्ट्रिय योजना आयोगले आइतबार ललितपुरमा आयोजना गरेको ‘दिगो भविष्यका लागि लैङ्गिक समानता ः जलवायु परिवर्तनको सन्दर्भ’ विषयक नीति संवाद कार्यक्रमका सहभागीले नेपालमा कागजी रूपमा लैङ्गिक समानताका लागि राम्रा योजना बने पनि कार्यान्वयनमा अझै आउन नसकेको धारणा व्यक्त गरे।

सहभागीले जलवायु परिवर्तनका कारण महिला बढी प्रभावित हुने गरेकाले नीति निर्माण गर्दा त्यसलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

विभिन्न सरकारी निकायमा नीति निर्माण तहमा पुगेका महिलाले लैङ्गिक समानताका विषयलाई अझै पनि पितृसत्तात्मक सोच र चिन्तनबाट मात्रा हेरिने गरेको गुनासो गरे। सहभागीले लैङ्गिकमैत्री बजेट बनाउनु र त्यसको सही ढङ्गबाट कार्यान्वयन गर्नु आजको चुनौती भएको धारणा व्यक्त गरे । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्