२३ असार २०८३, मंगलबार

ललितपुरमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

फागुन २३, २०७८
ललितपुरमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । 

कोन्जोसोम गाउँपालिका–३ का ५५ वर्षीया काइली स्याङताङ, २३ वर्षीया सुस्मा, ९ वर्षीय आशिष, ७ वर्षीया आस्मा र २ दिने शिशुको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । 

शिशुको उपचारका क्रममा अस्पताल पुर्‍याएसँगै मृत्यु भएको हो । अन्य ४ जना भने घरमै मृत फेला परेका थिए । 

शिशुका बुबा शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्