०८ साउन २०८३, शुक्रबार

अन्तिम समयमा आएर स्थगित भयो कांग्रेस सर्लाहीको निर्वाचन

फागुन २३, २०७८
अन्तिम समयमा आएर स्थगित भयो कांग्रेस सर्लाहीको निर्वाचन

नेपाली कांग्रेस सर्लाहीको निर्वाचन अन्तिम समयमा आएर स्थगन भएको छ । आजका लागि तय भएको निर्वाचन विशेष कारण भन्दै स्थगित गरिएको हो । 

जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले अर्को सूचना नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यतालिका स्थगित भएको जानकारी गराएका छन् । मतदानस्थल मलंगवास्थित पब्लिक माविमा तय गरिएको थियो । 

‘निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने भएकोले हाललाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन कार्य सम्पन्न गर्न गराउनका लागि तोकिएको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्