२३ जेठ २०८३, शनिबार
माओवादी केन्द्रीय कमिटी बैठक

माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य, प्रचण्डका छोरीज्वाइँ पनि मनोनीत [सूचीसहित]

फागुन २३, २०७८
माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य, प्रचण्डका छोरीज्वाइँ पनि मनोनीत [सूचीसहित]

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।

राजधानीमा जारी बैठकमा सोमवार प्रचण्डले थपिएका सदस्यहरूको नाम वाचन गरेका थिए ।

प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् ।

प्रचण्डकी अर्की छोरी रेनु दाहाल यसअघि नै केन्द्रीय सदस्य छिन् । गंगाले हाल सचिवालयमा रहेर प्रचण्डलाई सघाउँदै आएकी छिन् ।

यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ समेत केन्द्रीय कमिटीमा समेटिएका छन् ।

यसका अलावा इन्दु शर्मा, शेख चाँद तारा, अनिल श्रेष्ठ, अशोक भेटवाल, विपिन साहलगायत पनि केन्द्रीय सदस्य बनेका छन् ।

२ सय ४६ केन्द्रीय सदस्य रहेकोमा ९७ थपेर ३ सय ४३ पुर्‍याइएको छ ।

यी हुन्, मनोनित केन्द्रीय सदस्यहरू :

शंकर दुलाल     
ठाकुर बिक    
टेकबहादुर मिजार     
रणेन्द्र बराइली    
कर्णबहादुर बिक    
रामलाल बिक     
अनिता परियार     
सपना परियार    
अनर हुसैन    
रजि हैदर    
कोहिद अन्सारी     
इसरार खान    
शेख चाँदतारा    
सूर्य नाथ यादव     
अशोक जयशवाल     
सत्य नारायण भगत    
दिलीप शाह     
उमेश कुमार यादव    
रामसिंह यादव     
राधेश्याम पासवान     
शिवराम यादव    
निशा साह    
इन्दु शर्मा    
तारा महतो    
रूबी कर्ण    
भेष कुमारी रावत    
भवानी थापा    
कञ्चन खनाल     
गंगा दाहाल     
कमल नहर्की    
करुणा बस्नेत    
सीता आचार्य    
देवेन्द्र श्रेष्ठ     
क्षेत्रबहादुर श्रेष्ठ    
कुशल लिम्बु    
दीप श्रेष्ठ    
धनबहादुर माल्की    
दिनेश महर्जन    
राजकाजी महर्जन    
रञ्जित तामाङ    
सत्य नारायण शेरचन    
भीम कुमारी बाड्खा    
पार्वती पुन     
धन कुमारी रोका    
दिलमाया रोका गण्डकी    
सिर्जना तरामु    
विजय महतो    
विनिता थारु    
जीवन आचार्य     
सुमन देवकोटा    
सुदीप कुँवर    
रमेश मल्ल    
खिलप्रसाद बुढाथोकी    
बाबुराम गौतम    
सूर्यमान दोङ     
इन्द्र गोतामे    
पारसमणि    
शैलेन्द्र घिमिरे    
कपिल लामा    
गोविन्द पौडेल    
दीपक कोइराला    
कमल चुडाली    
नारायण अधिकारी    
गगन खड्का     
मंगलबहादुर शाही    
कर्णबहादुर बस्नेत    
झपट साउद    
शिव सिंह ओली     
रत्न ढकाल    
नरेन्द्र न्यौपाने    
सन्तोष विष्ट    
लिकराज भण्डारी    
सुरेन्द्र बस्नेत    
दीपक देवकोटा     
उत्तम अधिकारी    
विजय गौतम    
प्रकाश विकल्प    
विमल अधिकारी    
डा भरत लामिछाने  

 
प्रस्तावित केन्द्रीय प्रतिनिधि    
विष्णु सापकोटा     
हरि ज्ञवाली    
टेकेन्द्र भट्ट    
गोपाल शर्मा     
खोपबहादुर कंडेल    
झलक सिंह दर्माली    
डीपी ढकाल    
काली बहादुर मगर    
सुनिता गौतम    
सावित्री बुढाथोकी    
सरस्वती न्यौपाने    
अमृता नेपाल    
कृष्णा केसी 
रामनारायण बिडारी    

salt training

कमेन्ट गर्नुहोस्