
नेपाल बार एशोसिएसनमा नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।
डेमोक्र्याटिक लयर्स एसोसिएसन(डीएलए) को तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) को तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको समूहले मनोनयन दर्ता गराइरहेका छन् ।
निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोका अनुसार उम्मेदवारी मनोनयन दर्ताको समय ३ बजे सम्म मात्र रहे पनि उक्त समयभित्र आएका सबैको मनोनयन बाँकी नै रहेकाले केही समय अझै लाग्ने छ । त्यसपछि मात्रै उम्मेदवारहरूको मनोनयनको सूचना निर्वाचन समितिले टाँस्ने उनले बताए ।