०५ साउन २०८३, मंगलबार

जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ

फागुन २३, २०७८
जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ

जब सेन्टरको नाममा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले जागिर लगाइदिने भन्दै निवेदन दिन लगाएर पैसा असुल्ने ९ जनालाई पक्राउ गरेको हो । 

जब सेन्टरको पर्चा र पम्पलेट बनाएर ३ सयदेखि ५ सयसम्म फर्म शुल्क र १ हजारदेखि ६ हजारसम्म जब ग्यारेन्टी शुल्क लिएर ठगी गरेको भन्दै उनीहरूलाई कोटेश्वर, चावहिल, बालाजुलगायतका ठाउँबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । 

प्रहरीले नयाँ बानेश्वरस्थित सेक्युरिटी वेलफेयर फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसका सञ्चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-६, ठूलापोखरीका अमर पाण्डे (२६), सोही ठाउँका तिलकराम पाण्डे (३२), बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङ दुधपोखरी गाउँपालिका-२ का  आनन्द मरहठ्ठा (२२), कोटेश्वरस्थित एनएन मल्टिप्राइजेजका सञ्चालक सिराहाका विवेक यादव (२३), आकाशेपुलस्थित एबीएस जब सेन्टर र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक ओखलढुङगा सिद्दिचरण नरपालिका-३ अधेँरीका अश्विन राई (२८)लाई पक्राउ गरेको छ । 

त्यस्तै कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुली फिक्कल गाउँपालिका-२ का घनश्याम पहाडी, चावहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका  रौतहट चन्द्रपुर नगरपालिका-४ की सृजना लामिछाने (२५), कोटेश्वरस्थित क्विकमाण्डु एमपीकी सञ्चालिका मोरङ विराटनगर उपमहानगरपालिका-४ की ज्ञानु न्यौपाने (४०) र कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक रौतहट मौलापुर गाउँपालिका-५ का रामवचनकुमार यादव (२२) लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्