१४ असार २०८३, आइतबार

स्याङ्जाको सिरुवारीमा पुरुष भलिबल प्रतियोगिता शुरू

फागुन २३, २०७८
स्याङ्जाको सिरुवारीमा पुरुष भलिबल प्रतियोगिता शुरू

दशौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता सोमवारदेखि स्याङ्जाको सिरुवारीमा शुरू भएको छ ।

पहिलो दिन दरौ खोला युवा क्लब, आँधी खोला र राङ खोलाले विजयी शुरूआत गरे । दरौ खोलाले माझकटेरीलाई २२–२५, २५–२१ र २५–१७ को सेटमा पराजित गर्‍यो ।

आँधी खोलाले दरौ युवा क्लबलाई २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । विजेताका अशोक विक ‘म्यान अफ द म्याच’ घोषित भए । राङ खोलाले सिरुवारीलाई सिधा सेटमा २५–२२ र २५–२२ ले पन्छायो । राङ खोलाका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए ।

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरूले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा कांगे्रस नेत्री सरस्वती गुरुङ, स्व. गम्भीरसिंह र शिरशुभा गुरुङका छोरात्रय पूर्व मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ र पूर्व डीआईजी हिमबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

सोही अवसरमा भ्याली पब्लिक स्कूलका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले सहभागी टोली र अफिसियलका लागि प्रायोजन गरेको जर्सी पनि हस्तान्तरण गरिएको थियो ।

शीर्ष ३ स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल फागुन २७ गते हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्