चैत ६, २०७९
जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले मुलुकमा देखा परेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल ...
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताए।
एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै उनले पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने मान्ने र त्यसैका लागि सङ्घर्ष गरिराखेकामा जोड दिए ।
एमाले सधैँ आर्थिक समुन्नति, वैज्ञानिक एवं न्यायोचित समानता, हक तथा अधिकारको प्रत्याभूतिका लागि क्रियाशील रहेको बताउँदै उनले देशभित्र र बाहिरका प्रतिक्रियावादीसँग मिलेर परमादेशको सरकार बनाइएको बताए । मुद्दा जितेर सरकार बनाउनु भनेको सिमानाको विषयमा हुने झगडाजस्तो भएको उनको भनाइ छ ।
आफ्नो नेतृत्वको सरकारका पालामा आग्रही भएर टीकाटिप्पणी गरी दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारमा काम देखेर पनि चुपचाप बसेको बताउँदै उनले अहिले देशको अर्थतन्त्र बिग्रँदा, परराष्ट्र सम्बन्ध बिग्रँदा चुपचाप रहेको आरोप लगाए । एलायन्सका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, पूर्वमन्त्री पार्वत गुरुङ, विदेश विभाग प्रमुख डा राजन भट्टराई लगायतले मानवअधिकारका क्षेत्रमा एमालेले खेल्दै आएको भूमिकालगायत विषयमा आफ्ना धारणा राखेका थिए । रासस
जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले मुलुकमा देखा परेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल ...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २–४ ...
महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीका अनुसार सोमवार महान्...
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल &...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...