
काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले विष सेवन गरेका छन् । नागार्जुन नगरपालिकास्थित रामकोटमा सोमबार साँझ एकै परिवारका ५ जनाले विष सेवन गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको बिरामी अवस्थामा स्वयम्भूस्थित मनमोहन अस्पताल उपचार भइरहेको महानगरीय प्रहरी परिसरका एमसी दिनेश मैनालीले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार घटनास्थलमा विषको बोटल पनि भेटिएको छ । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
आजै ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो ।