०५ असार २०८३, शुक्रबार

३७ लाख लिएर धोका दिएको भन्दै सोनाक्षीविरुद्ध पक्राउ पुर्जी जारी

फागुन २४, २०७८
३७ लाख लिएर धोका दिएको भन्दै सोनाक्षीविरुद्ध पक्राउ पुर्जी जारी

‘आर्थिक लेनदेनमा धोका दिएको’ भन्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

दिल्लीमा एक कार्यक्रमका लागि ३७ लाख लिएर पनि सहभागी नभएको आरोपमा आयोजकले उनीविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको हो ।

यसबारे उनलाई प्रहरीले सोधपुछ गर्ने भएको छ । प्रहरी कार्यालयमा आउन सोमवार नै पत्र पठाइसकिएको छ ।

मुरादाबाद कटघर थाना क्षेत्रका प्रमोद शर्माले एक कार्यक्रममा उनलाई ‘प्रमुख अतिथि’का रूपमा सहभागी हुन ३७ लाख दिएको बताएका छन् तर उनी कार्यक्रममा सहभागी नभएको शर्माको दाबी छ ।

यस विषयमा सोनाक्षीले भने कुनै जवाफ दिएकी छैनन् । उनका म्यानेजरले समेत फोन उठाउन छाडेपछि पीडित पक्षले अदालतबाट सोनाक्षीविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गराएका छन् । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्