०८ असार २०८३, सोमबार

काठमाडौंमा ५ जनाद्वारा सामूहिक विष सेवन : १ जनाको मृत्यु, ४ जना बोल्न नसक्ने अवस्थामा

फागुन २४, २०७८
काठमाडौंमा ५ जनाद्वारा सामूहिक विष सेवन : १ जनाको मृत्यु, ४ जना बोल्न नसक्ने अवस्थामा
प्रतिकात्मक तस्वीर

काठमाडौंको नागार्जुन नगरपालिका–६ डाडापौवामा ५ जनाले सामूहिक विष सेवन गरेका छन्, जसमध्ये १ जनाको मृत्यु भइसकेको छ ।

स्थानीय उद्धवराज पुरीको २ तल्ले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बस्ने काठमाडौं–१५ डल्लुकी ६२ वर्षीया ईन्दिरामाया प्रधानको परिवारका सदस्यले विष सेवन गरेका हुन् ।

विषादी सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त गरेपश्चात तत्काल प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगी सम्पूर्ण घाइतेलाई तत्काल उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उपचारकै क्रममा ३३ वर्षीय सुर्वणमान प्रधानलाई राति साढे १० बजे मृत्यु घोषणा गरिएको छ । 

अन्य ६२ वर्षीया ईन्दिरामाया प्रधान, ३८ वर्षीय भिममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा रहेकाले उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्