३० जेठ २०८३, शनिबार

मन्त्रालय भागबण्डा मिलाउने अन्तिम कसरत, यसकारण राप्रपामाथि अविश्वास

कात्तिक २०, २०७४
मन्त्रालय भागबण्डा मिलाउने अन्तिम कसरत, यसकारण राप्रपामाथि अविश्वास

काठमाडौँ, २२ असार- सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालय आफूहरुले लिने गरी भागबण्डा मिलाउने अन्तिम कसरत गरेका छन् । यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्तारुढ कांग्रेस–माओवादी नेताबीच बुधबार सरकारमा कति राजनीतिक दललाई ल्याउने र मन्त्रालय भागबण्डा कसरी टुंग्याउने भन्नेमा छलफल भएको थियो, कान्तिपुरमा खबर छ ।Sher-Bahadur-Deuba

स्रोतका अनुसार संघीय समाजवादी फोरमले समेत सरकारमा आउने संकेत दिएको छ । फोरमलाई समेत सम्मानजनक हैसियतमा ल्याउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ । कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई समर्थन जुटाउने कसरत पनि यही बेला तीव्र पारेका छन् ।

‘सिंगो राप्रपाको समर्थन भए एमालेबाहेक दुई तिहाई समर्थन पुग्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर राप्रपाको भरोसा गरीहाल्ने स्थिती अझै बनीसकेको छैन ।’ गत बैशाख १७ गते संविधान संशोधन विधेयकमाथि मतदान गर्ने सरकारको तयारी भईरहेका बेला राप्रपाका दश सांसद अनुपस्थित हुने जानकारी दिएपछि रोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्