
अमेरिकी सरकारले हरेक वर्ष प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार नेपालकी ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठले प्राप्त गर्न सफल भएकी छन् ।
नेपालमा 'एलजीबीटीक्यूआईप्लस' समुदायका लागि अधिकार प्रवर्द्धनका लागि निरन्तर सेवा गरेको भन्दै उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
सो पुरस्कार हरेक वर्ष अमेरिकी विदेश मन्त्रालयले मानव अधिकारका क्षेत्रमा काम गर्ने विश्वका साहसी महिलाहरूलाई प्रदान गर्ने गरेको छ ।