१७ असार २०८३, बुधबार

जीप दुर्घटना हुँदा ५ जना घाइते

फागुन २५, २०७८
जीप दुर्घटना हुँदा ५ जना घाइते

तनहुँमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बायातर्फ नालीमा पल्टिँदा ५ जना घाइते भएका हुन् । 

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित स्याउलीबजारमा भएको सो दुर्घटनाका घाइतेमा व्यास नगरपालिका वडा नम्बर १ का पदम थापा, स्यांजाको चापाकोटका इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना  र क्याम बहादुर राना रहेको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 
घाइते मध्ये २ जनाको जीपी कोइराला स्वास प्रश्वास केन्द्र बेलचौतारार अन्य ३ जनाको पश्चिमा क्षेत्रीय अस्पताल पोखरामा थप उपचार भइरहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्