२९ जेठ २०८३, शुक्रबार

आइजीपी प्रकरणमा आज सुनुवाई हुने, बन्यो ७ जनाको इजलास

कात्तिक २०, २०७४
आइजीपी प्रकरणमा आज सुनुवाई हुने, बन्यो ७ जनाको इजलास
काठमाडौं, २२ असार - आइजीपी प्रकरणको मुद्दामा आज फेरि सुनुवाई हुने भएको छ । यस अघि बृहत पूर्ण इजलासमा हेर्दा हेर्दैको अवस्थामा स्थगित भएको उक्त मुद्दाको सुनुवाईका लागि आज फेरि अर्को इजलास गठन गरिएको छ ।

कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा बनेको इजलासमा ७ जना सदस्य रहेका छन् । पराजुली सहित इजलासमा ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी रहेका छन् । उक्त मुद्दा सुरुदेखिनै सुनुवाई हुने बुझिएको छ ।

सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेपछि अर्का डिआइजी नवराज सिलवालले आफूलाई अन्याय भएको भन्दै रिट हालेका थिए । त्यसपछि सर्वोच्चले सरकारको निर्णय बदर गर्दै अर्को आइजीपी नियुक्त गर्नको लागि परमादेश जारी गरेको थियो ।

त्यसपछि सरकारले डिआइजी प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो । अर्याल आइजीपी बनेपछि सिलवाल फेरि अदालत गएका थिए । तर उक्त प्रकरण अझै पनि अदालतमै अड्किएको छ ।

salt training

कमेन्ट गर्नुहोस्