०४ असार २०८३, बिहीबार

महिला सैनिकका लागि सचेतनामूलक कार्यक्रम संचालन, मनिषा कोइरालाले बाँडिन् अनुभव

फागुन २५, २०७८
महिला सैनिकका लागि सचेतनामूलक कार्यक्रम संचालन, मनिषा कोइरालाले बाँडिन् अनुभव

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाली सेनामा कार्यरत महिला सैनिकहरु तथा तिनका परिवारजनलाई महिलासँग सम्बन्धित क्यान्सरको बारेमा जानकारी गराउने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

सैनिक श्रीमति संघको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा  प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्य तथा प्रमुख वक्ता अभिनेत्री मनिषा कोइरालाको उपस्थितिमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो ।

उक्त कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले क्यान्सर सम्बन्धी आफ्नो अनुभव सहभागीहरुलाई अवगत गराएकी थिइन् भने महिला रोग विशेषज्ञहरुले Ovarian Cancer तथा महिलासँग सम्बन्धित अन्य क्यान्सर रोग बारे जानकारीमुलक प्रस्तुतिकरणका साथै क्यान्सर रोगको सम्बन्धमा अपनाउनु पर्ने सतर्कताबारेमा प्रकाश पारेका थिए ।

साथै, उक्त कार्यक्रममा संघकी अध्यक्ष सुनिता शर्मालगायत अन्य पदाधिकारीहरु, नेपाली सेनाका महिला रथीवृन्द, अधिकृत तथा अन्यदर्जालगायत सकलदर्जाका परिवारहरुको उल्लेख्य सहभागिता रहेको सेनाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्