०१ असार २०८३, सोमबार

धमाधम पक्राउ पर्दै युट्युबर, थप दुई जना प्रहरीको फन्दामा

फागुन २६, २०७८
धमाधम पक्राउ पर्दै युट्युबर, थप दुई जना प्रहरीको फन्दामा

भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर धमाधम पक्राउ पर्न थालेका छन् । प्रेस काउन्सिलको सिफारिसपछि प्रहरीले युट्युबरलाई पछिल्ला दिनमा धरपकड बढाएको हो । सोही क्रममा प्रहरीले बुधबार थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।

हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ भ्रामक समाचार सम्प्रेषण आरोप प्रहरीले लगाएको छ । 

उनीहरुले पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको दाबी प्रहरीको छ । 

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ७-७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्