१८ असार २०८३, बिहीबार

उत्तर प्रदेशको प्रारम्भिक मतगणनामा भाजपा अगाडि

फागुन २६, २०७८
उत्तर प्रदेशको प्रारम्भिक मतगणनामा भाजपा अगाडि
फाइल फोटो

भारतको उत्तर प्रदेशमा विधानसभा चुनावको मतगणना शुरू भएको छ ।

कूल ४०३ सिटमा भएको चुनावमध्ये २४२ सिटको प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमा भारतीय जनता पार्टी (भाजपा) १६३ सिटमा अगाडि देखिएको छ भने समाजवादी पार्टी (सपा) ७५ सिटमा अगाडि छ ।

विधानसभा चुनाव भएको उत्तराखण्डमा समेत भाजपा अगाडि देखिएको छ । 

पञ्जाबमा आम आदमी पार्टी (आप) प्रचण्ड बहुमतका साथ अगाडि देखिएको छ । कूल ११७ सिटमध्ये ९५ सिटको प्रारम्भिक नतिजा आउँदा ६४ सिटमा आप अगाडि देखिएको छ भने कांग्रेस १७ सिटमा मात्रै अगाडि देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्