२१ जेठ २०८३, बिहीबार

यसरी बनाइँदैछ ‘तिलोत्तमा होम्स’

फागुन २६, २०७८
यसरी बनाइँदैछ ‘तिलोत्तमा होम्स’

रूपन्देहीको अष्टदीप मल्टिनेसनल प्रालिले व्यवस्थित आवास क्षेत्र तयार पारेको छ । तिलोत्तमा-७ भलवारीमा बृहत् परियोजनासहित ‘तिलोत्तमा होम्स’ निर्माण गरेको हो । 

निर्माण भएका संरचना (घर) हरूको बुकिङ खुला गरेको छ । तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्वतर्फ ६ बिघा क्षेत्रफलमा निर्माण भएका छन् ।  

व्यवस्थित शहरीकरणको उद्देश्यसहित १०९ वटा घर बन्ने परियोजनाअन्तर्गत ५५ घर बन्दै छन् । जसअन्तर्गत २० वटाको ढलानको काम सकिएको र ३५ वटाको जगको काम सकिएको प्रालिका अध्यक्ष नेत्र वनले जानकारी दिए । 

निर्माणाधीन आवास क्षेत्रमा कम्पाउण्डभित्र सबै घरपरिवारले उपयोग गर्न मिल्ने गरी अत्याधुनिक कमर्सियल कम्प्लेक्स, सामुदायिक भवन, ब्याडमिन्टन कभर्ड हल, बास्केटबल कोर्ट, स्विमिङ पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लब, रेष्टुरेण्ट, सैलुन, ब्युटीपार्लर, ग्रीन जोन रहने बजार प्रमुख सुदीप ढकालले बताए । 

यस्तै परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ विल्डर्सले गरिरहेको कम्पनीले जनाएको छ  । 

परियोजनाअन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्डअनुसारका हुने र निर्माण कार्य पूर्णतः इञ्जिनियरको सुपरीवेक्षणमा भइरहेको छ ।

परियोजनास्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैंले गर्ने कम्पनीका प्रोजेक्ट म्यानेजर यदुराज बरालले जानकारी दिए । 

परियोजनाअन्तर्गत बन्ने घरहरूको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैंले गर्ने उनले बताए । 

सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुने गरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकार नीति अनुरूप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको आवास क्षेत्रमा २ समूहमा घर विभाजन गरिएको छ । 

समूह ‘ए’ का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह ‘बी’ का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको छ । 

विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिने छ ।  

दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने कम्पनी प्रचेज डिपार्टमेन्ट पमुख षडानन्द पोखरेलले बताए । एन्ट्रास्पेश टेक्निकल कन्सल्टद्वारा डीपीआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा घर लिन चाहनेहरूलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्