
सिप्रदीयन सहायता संस्थाले काठमाडौँ किकर्ससँगको सहकार्यमा फुटबलमा इच्छुक र दक्ष भएको तर आर्थिक सहयोग चाहिएको बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमको लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ ।
फुटबलमा योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई परीक्षणको अवसर प्राप्त होस् भन्ने मूल उद्देश्यका साथ यो कार्यक्रमको सञ्चालन हुन गइरहेको छ । निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षको केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन् ।
निःशुल्क फुटबल तालिमको छनौट कार्यक्रम यही शनिवार फागुन २८ गते दिउँसो १२ बजे कुपन स्पोर्ट्स सेन्टर बलुवाखानी, काठमाडौंमा हुन गइरहेको छ । हाल काठमाडौं किकर्स एकेडेमीमा स्कटिस प्रशिक्षक लि.मेनसनले प्रशिक्षण दिइरहेका छन् ।
हाल काठमाडौँ भ्यालीमा बसोबास गर्ने १२ र १३ वर्षको बालबालिकालाई यस निःशुल्क फुटबल तालिममा छात्रवृत्ति कार्यक्रममा सहभागी हुन कम्पनीले आह्वान गरेको छ । कार्यक्रमको थप जानकारीको लागि ०१–४१६४३९२ मा सम्पर्क गरेर बुझ्न सकिने सिप्रदीयन सहायता संस्थाले जनाएको छ ।