२७ जेठ २०८३, बुधबार

संखुवासभा दुर्घटना अपडेटः मृतक १४ जनाकै पहिचान खुल्यो

फागुन २६, २०७८
संखुवासभा दुर्घटना अपडेटः मृतक १४ जनाकै पहिचान खुल्यो

संखुवासभाको मादीमा भएको दुर्घटनामा मृत्यु हुने १४ जनाको पहिचान खुलेको छ । 

मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिकाका ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल, ४९ वर्षीय भवानीप्रसाद दाहाल, ४२ वर्षीय इन्द्र अधिकारी, ५ वर्षीया दीक्षा कटवाल, ६० वर्षीय बलबहादुर कार्की रहेका छन् । 

त्यस्तै २८ वर्षीया सविता कार्की ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, बाइतबहादुर तामाङ, ३१ वर्षीय विपीन निरौल (चालक), उमेश भट्टराई (सहचालक), ताप्लेजुङका ८ वर्षीय सुदीप घिसिङ र ताप्लेजुङकै समीक्षा योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता लालध्वज सुवेदीले जानकारी दिए । 

यस्तै घाइते हुनेमा मादी नगरपालिकाकै ५० वर्षीय डम्बरबहादुर कार्की, २४ वर्षीया करिश्मा तामाङ, २२ वर्षीया तुलसा कटवाल, २४ वर्षीय सुवास तामाङ र २७ वर्षीया युका पोखरेल रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएकी युकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ । अन्यको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ ।

बिहीवार बिहान पौने ८ बजे ओखरबोटेबाट इटहरीतर्फ गइरहेको गरेको बा ४ ख ७३५ नम्बरको यात्रुवाहक बस दुर्घटना हो । 

salt training

कमेन्ट गर्नुहोस्