०६ असार २०८३, शनिबार

२४ घण्टामा थपिए ११२ संक्रमित, मृत्यु संख्या शून्य

फागुन २६, २०७८
२४ घण्टामा थपिए ११२ संक्रमित, मृत्यु संख्या शून्य

पछिल्लो २४ घण्टामा ११२ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ नमूना परीक्षणमध्ये ७७ पीसीआर र ३५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा कुनै संक्रमितको पनि मृत्यु भएको छैन । 

हालसम्मको मृत्यु संख्या ११ हजार ९४९ छ । 

मन्त्रालयका अनुसार थप ४२९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।  

हाल मुलुकभर ५ हजार ३४० सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्