रुस र युक्रेनबीचको युद्ध टुंगिने लक्षण नदेखिएपछि युरोपमा ग्यास र तेलको हाहाकार हुन लागेको छ ।
तेलको मूल्य अहिले नै आकासिएको र भविष्यमा थप महंगो हुने देखेपछि फ्रान्सेलीहरूले पैसा बचाउन नयाँ जुक्ति लगाउन थालेका छन् ।
ल मोंद पत्रिकाका अनुसार, उनीहरूले पेट्रोलमा अल्कोहल मिसाएर गाडीमा हाल्न थालेका छन् ।
पेट्रोलियम पदार्थमा यसरी अल्कोहल मिसाउँदा ग्यासोहोल बन्छ । अल्कोहलले गाडीबाट निस्कने कार्बन मोनोक्साइडको मात्रा पनि घटाइदिन्छ ।