२३ असार २०८३, मंगलबार

भारतमा अरविन्द केजरीवाल चम्किँदा कांग्रेसलाई घाटा !

फागुन २७, २०७८
भारतमा अरविन्द केजरीवाल चम्किँदा कांग्रेसलाई घाटा !

भारतीय राजनीतिमा कांग्रेस आई पार्टीले लामो समय सरकार चलायो । तर पछिल्ला केही चुनावमा कांग्रेसलाई धक्का लागिरहेको छ ।

भारतमा नयाँ दलको रूपमा अरविन्द केजरीवालको नेतृत्वमा उदाएको आम आदमी पार्टी (आप) ले नयाँ छाप बसाउन सफल भएको छ । नयाँदिल्लीमा प्रचण्ड बहुमत ल्याएपछि सरकार चलाइरहेको आपले पञ्जाबमा समेत बहुमत ल्याएको छ ।

दुवै प्रदेशमा आपले जित्दा कांग्रेस आईलाई विस्थापित गरेको छ । दिल्लीमा आप आउनुअघि कांग्रेसकै सरकार थियो भने पञ्जाबमा समेत कांग्रेसलाई विस्थापित गर्दै आप उदाएको छ ।

राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिने कुनै नेता वा दल स्थापित नभइरहेका बेला केजरीवाललाई विकल्पका रूपमा हेर्न थालिएको छ । केजरीवालको पार्टीले जताततै घाटा गरिरहेकाले कांग्रेसलाई विकल्पका रूपमा हेर्न छाडिएको छ ।

आपका पञ्जाब प्रभारी राघव चड्ढाले आप अब राष्ट्रिय दल बन्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्