
नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।
सप्तरीको राजविराजमा बिहीवार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् ।
साहले १ हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गरेका थिए ।