
बारा, रूकुम पश्चिम र सोलुखुम्बुमा गरी बिहीवार तीन जनाको शव फेला परेको छ ।
बारा, कोल्हबी नगरपालिका-८ काठगाठस्थित काठगाठ खोलामा जितपुरसिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने ४५ वर्षीया खैरेनी माझी बिहीवार मृत अवस्थामा फेला परेकी छन् ।
रुकुम पश्चिम, मुसिकोट नगरपालिका-१३ स्थित दोपाई हाईबाङ जाने सडकबाट अन्दाजी १ सय मिटर तल भिरमा सोही नगरपालिका लामिडाँडा बस्ने ७३ वर्षीया कली रोका बिहीवार मृत अवस्थामा फेला परेकी छन् ।
गत सोमवारदेखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-१ ठाङास्थित ठाङा खोल्सीको पानीमा माप्यदुधकोशी गाउँपालिका-३ बस्ने ६४ वर्षीय पर्खिने कामी बिहीवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।