चीनका प्रधानमन्त्री ली खछ्याङले राजनीतिबाट संन्यास लिएको घोषणा शुक्रवार गरेका छन् ।
राष्ट्रपति सी चिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियताका नेता लीले राजनीतिमा आफ्नो अन्तिम वर्ष भएको बताए ।
लीसहित चीन सरकारका अन्य सदस्य यसै वर्ष सेवानिवृत्त हुँदैछन् । पार्टीको महाधिवेशनमा सबै तहमा नयाँ नेतृत्व ल्याइनेछ ।
पार्टीको नियमअनुसार पार्टी र सरकारको नेतृत्व गर्ने नेता पाँच् वर्षका दुई कार्यकालपछि रिटायर हुन्छन् ।
राष्ट्रपति सी चाहिँ आफ्ना पूर्ववर्तीहरूभन्दा विपरीत तेस्रो कार्यकालका लागि सत्तामा बस्ने तयारी गरिरहेका छन् ।
ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख हुन् ।