०१ असार २०८३, सोमबार

हिमालयनको मोबाइल बैंकिङबाट अब नेपालपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

फागुन २७, २०७८
हिमालयनको मोबाइल बैंकिङबाट अब नेपालपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङमा एकीकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तरआबद्धता कायम गरेको छ । 

अब बैंकका ग्राहकहरूले मोबाइल बैंकिङमार्फत् विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरूमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन् । 

साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपेलगायतका लागि अन्तरसञ्चालनशीलता तथा अन्तरआबद्धता कायम हुने गरी एग्रिगेटेड क्यूआर पनि स्वीकार गर्ने कार्यको थालनी गरेको छ ।  

‘नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्यूआर स्थापना र ल्ऋज्ी द्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपालपे क्यूआरलाई एग्रिगेटेड क्यूआरको रुपमा लागू गर्ने हिमालयन बैंक पहिलो हो । 

बैंकका व्यापारिक ग्राहकहरू मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट हिमालय बैंकको मोबाइल बैंकिङ वा नेपालपे क्युआरमा आबद्ध अन्य उपकरणहरु मार्फत् सीधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् । 

यसरी हिमालयन बैंकको मोबाइल बैंकिङमा क्यूआर जोड्दा र एग्रिगेटेड क्यूआरमा मर्चेन्ट अक्वायर गर्दा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धि हुने आशा गरिएको छ, जुन यस बैंकको प्राथमिकता पनि रहेको छ । 

हिमालयन बैंकले भिसा, मास्टरकार्ड, अमेक्स, युनियन पे, एससीटीका कार्डहरू जारी गर्नुका साथै भिसा, मास्टरकार्ड अमेरिकन एक्सप्रेस, युनियनपे, जेसीबी, एससीटी कार्डका कारोबार स्वीकार पनि गर्दै आएको छ । यस बैंकको नेपालभर १५२ वटा एटीएम र ५ हजारभन्दा बढी पीओसहरू उपलब्ध छन् । 

salt training

कमेन्ट गर्नुहोस्