
नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायमगर्ने गरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ ।
उक्त नेपालपे क्यूआरको औपचारिक थालनीको घोषणा शुक्रवार एनसीएचएलले केही बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त पत्रकार सम्मेलन आयोजना गरी गरेको हो ।
पत्रकार सम्मेलनमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एन.आइ.सी. एशिया बैंक लिमिटेडका चिफ स्टे«टजी अफिसर विशाल सिग्देल, कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख बिजनेस अधिकृत घन श्याम ढुङ्गेल, समृद्धि फाइनान्स कम्पनीका चिफ मेनेजर बिनोद राज पौडेल, फोकसवान सोलुसन्स् प्रा लिका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ्ग हाउस लि. का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य पदाधिकारी एवम् मिडिया तथा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो ।
क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
यसरी अन्तर आबद्धता कायम गर्न सकिने हुँदा उक्त नेपालपे क्यूआरले नेपालमा क्यूआरबाट हुने भुक्तानीलाई थप प्रवद्र्घधन र सहज गर्ने अपेक्षा गरिएको एनएचसीएलले जनाएको छ ।
हाल सम्म हिमालय बैंक, सानिमा बैंक,समृद्धि फाइनान्स, कनेक्ट आईपीएस लगायतका मोबाईल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने छ ।
यी सबै गरी कुल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन् ।
साथै नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एन.आइ.सी. एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनस् मार्फत क्यूआर एक्वाएरको कार्य पनि सुरु भइसकेको छ ।
हिमालयन बैंक र फोकसवान सोलुसन्स् बीचभने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाएकोे छ, जस अन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भीसा, युनियन पे, अलीपे र नेपाल पे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ ।
हाल उक्त बैंक वित्तीय संस्था र पीएसपीले नेपाल पे क्यूआरमा ५,००० भन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् ।
नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेम नेपाललपे क्यूआर थप गरिएको छ, जस अन्र्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्टआइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको कम्पनीले जनाएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत विभिन्न सेवा तथा उपकरणहरु सञ्चालन गर्न एनसीएचएलले बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुसँग आवश्यक सहकार्यगर्दै आएको छ । जसका निम्ती ४० बैंक वित्तीय संस्था र ६ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका छन् भने अन्य संस्थाहरु पनि आबद्ध हुने क्रममा रहेका छन् र क्रमिक रुपमा सबै बैंक वित्तीय संस्थाहरु संचालनमा आउने क्रममा रहेका छन् ।