२७ जेठ २०८३, बुधबार

प्रतिबन्धित भारतीय मुद्रासहित विदेशी नागरिक नियन्त्रणमा

फागुन २७, २०७८
प्रतिबन्धित भारतीय मुद्रासहित विदेशी नागरिक नियन्त्रणमा

प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जनतासन र ४१ वर्षीया वारापर्न खुनसोमबट रहेका छन् । उनीहरुको साथबाट दुई हजार दरका चार थान र ५०० दरका ५७३ थान गरी जम्मा दुई लाख ९४ हजार ५०० भारतीय रूपैयाँ बरामद गरिएको छ । 

भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका बेला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनीहरुको साथमा प्रतिवन्धित भारतीय रूपैयाँ फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्