२७ जेठ २०८३, बुधबार

खेलकुदमन्त्री अथकले गरे पोखरा रंगशालाको निरीक्षण, नवौं प्रतियोगिताको तयारीमा जुट्न निर्देशन

फागुन २७, २०७८
खेलकुदमन्त्री अथकले गरे पोखरा रंगशालाको निरीक्षण,  नवौं प्रतियोगिताको तयारीमा जुट्न निर्देशन

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन् ।

बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुगेका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पूर्वाधारहरूको स्थलगत निरीक्षण गरेका हुन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि आवश्यक तयारीका सन्दर्भमा जानकारी लिन पोखरा पुग्नुभएका मन्त्री अथकले प्रतियोगिताको मिति तय गर्नेबारे छलफल भइरहेको बताए ।

'आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्ने बारे सोचिरहेका छौं”, मन्त्री अथकले भने, “चैत्रमा विद्यालयस्तरीय परिक्षा संचालन हुने तथा बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता संचालन गर्ने गरी छलफल भइरहेको छ ।'

उनले आगामी जेठभित्रै प्रतियोगिता गर्नुपर्ने भएकाले आवश्यक तयारी थाल्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका छन् । 

रंगशालाको निरीक्षणका क्रममा पौडी र सुटिङ्ग बाहेका सबै खेलहरु रंगशाला हाताभित्रै संचालन गर्न सम्भव देखिएको मन्त्री अथकले बताए । 

निर्माणाधिन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझैं केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पिक उपाय खोजेर भएपनि पौडी सहितका सबै खेलहरु पोखरामै संचालन गरीने बताए ।

सुटिङका खेलहरु भने काठमाण्डौंमै संचालन गर्ने तयारी गरीएको उहाँले जानकारी दिए। पोखरामा सबै प्रकारका खेलहरु खेल्न मिल्ने संरचनाहरु तयारी अवस्थामा रहेकाले प्रतियोगिता संचालनका लागि कुनै समस्या नहुने मन्त्री अथकको भनाई थियो ।

यद्यपी प्रतियोगिताका लागि स्थानीयस्तरबाटै खेलाडीहरु छनोट भएर आउनुपर्ने भएकाले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु संचालन गर्न मन्त्री अथकले निर्देशन दिए ।

कोरोनाका कारण पालिका तथा प्रदेशस्तरका खेल गतिविधिहरु चलायमान हुन नसक्दा समयमै राष्ट्रिय प्रतियोगिता संचालन गर्न नसकिएको बताउँदै मन्त्री अथकले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु संचालन गर्न निर्देशन दिएका हुन् । 

प्रतियोगिता संचालनका लागि यसअघि नै गण्डकी प्रदेशको राजधानी पोखरालाई चयन गरीएको थियो । पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय प्रतियोगिता संचालन गर्दा त्यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उल्लेख गर्दै मन्त्री अथकले खेल क्षेत्रलाई पर्यटन उद्योगका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्य सचिव कुल बहादुर थापा लगायत सहभागी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्